Saturday, May 9, 2026

पर्सामा आजदेखि बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइदै

पछिल्लाे समाचार


पर्सा ,९ असार //
पर्सामा आजदेखि बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइदै छ ।

५ देखि ११ वर्षसम्मका बालबालिकाहरुलाई आज देखि १५ गतेसम्म अभियान सञ्चालन गरेर कोरोनाविरुद्धको फाइजर खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

जिल्लाका सम्पूर्ण स्थानीय तहको सामूदायिक विद्यालयमा खोप केन्द्र स्थापना गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियानअन्तर्गत जिल्लाका १ लाख १ हजार ७५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

खोप लगाउनका लागि ४०२ जना स्वास्थ्यकर्मी खटाइने स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु