Saturday, May 9, 2026

सेवाग्राहीलाई अभद्र गाली गरेको आरोपमा नासु महतो पक्राउ

पछिल्लाे समाचार


सिरहा ,९ असार //
सेवाग्राहीलाई गाली गर्ने लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालका एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नायब सुब्बा बासुदेव महतो रहेका छन्।

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको डीएसपी कुमार मैनालीले बताए ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएको थियो ।

सो क्रममा उनले अभद्र गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु