सर्लाही ,५ असार //
सर्लाहीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ,भने अन्य सात जना घाइते भएका छन् ।मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका–४ हरैया निवासी शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादव रहेका छन्।
राती १ बजे धनकौल गाउँपालिका–५, छठीघाट पुलमा नौ जना सबार बीआर ०५ एआर ५१३७ नम्वरको कार दुर्घटनामा पर्दा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवका अनुसार घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर छ । घाइते सबैको अहिले बरहथवाका स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि कार चालक फरार रहेकोले खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।


