सिरहा, ५ असार //
सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गोलबजार नगरपालिका १ का २६ वर्षीय गोपाल पूर्वे रहेका छन्।
आइतवार विहान गोलबजार ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिंदा करेन्ट लागेर पूर्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याएपनि चिकित्सले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


