रौतहट १५,साउन । नेपाल डेरी एसोसिएशन मधेश-प्रदेशले खिर दिवस मनाएका छन्। रौतहटको चन्द्रपुरमा अवस्थित शंकर डेरीको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाईएको हो । एसोसिएशन मधेश प्रदेशका उपाध्यक्ष हरि नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उनले ‘पोषिलो खीर, स्वस्थ्य शरीर‘ भन्ने नाराका साथ डेरी एसोसिएशनले सातै प्रदेशमा खिर दिवश मनाईएको बताए । खीरको महत्त्व बुझाउने हेतुले कार्यक्रमको आयोजना गरेको केन्द्रिय सदस्य नबिन चौरसियाले जनाए । साधारणतया १०० ग्राम खीरबाट ९२ क्यालोरी शक्ति पाइने भएकोले सबैलाई समय-समयमा भान्साको परिकार बनाउन केन्द्रिय उपमहासचिव विजय चौरसियाले अपिल गरे । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ती अधिकांश व्यक्ति शाकाहारी विशेष गरि दुध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको हुनाले यसको महत्त्व बुझ्नु पर्ने उनको तर्क छ ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । कार्यक्रममा विभिन्न तह र तप्कामा रहेका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।


