धनुषा , १५ साउन //
प्रतिबन्धीत लागूऔषधसहित धनुषाबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपालिका ६ बस्ने २४ वर्षीय जिबस दास र जनकपुरधाम उप महानगरपालिका १६ कपिलेश्वर बस्ने १८ वर्षीय राजु दास रहेका छन्।
प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले बिदेह नगरपालिका १ मौनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेको दुबैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा १६ पिस नाईट्रोभेट ट्याबलेट बरामद भएको प्रहरी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


