पर्सा ,१६ साउन //
पर्साबाट चाँदीका कचौरा र मूर्तिसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-६ का १८ वर्षीय साहिलकुमार साह रहेका छन् ।
आइतबार बिहान रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बी आर ०५ एएस २१६२ नम्बरको मोटरसाइकलको जाँच गर्दा चाँदीका कचौरा तथा साना मूर्तिहरू ११ सय ६ ग्राम ४ सय मिलिग्राम फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।
पक्राउ परेका साहसहित बरामद सामग्री राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


