धनुषा , २८ भदौ //
धनुषामा एक महिलाको शव फेला परेको छ ।धनुषाको शहीद नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको हो ।
मंगलबार बिहान पुलचौकस्थित नहर नजिक रहेको झाडीमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताए ।
परिचय खुल्न नसके पनि हरियो साडी लगाएका र मधेसी मुलको महिला हुनसक्ने अनुमान गरिएको उनले बताए ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढकालले बताए ।


