Monday, May 4, 2026

हरिवन नगरपालिकाद्धारा पूर्र्व–पश्चिम राजमार्गको अतिक्रमण खाली गराउन सुरु

पछिल्लाे समाचार


सर्लाही , २८ भदौ //
सर्लाहीको हरिवन नगरपालिकाले हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गको अतिक्रमण खाली गराउन सुरु गरेको छ ।
अतिक्रमण गरी बनाइएका संरचना भत्काइ ७५ फिट कायम गर्न सोमबारबाट नगरपालिकाले डोजर प्रयोग गर्न थालेको छ ।
हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले राजमार्गमा ७५ फिटभित्र रहेका ठेला, अटो, म्याजिक, भाडाको गाडीलगायत बजारको व्यवस्थापन र अतिक्रमण हटाउने कार्यको सुरुवात गरिएको जानकारी दिए ।

हरिवन बजार क्षेत्रमा ७५ फिटभित्रै व्यापार व्यवसाय गर्ने स–साना व्यवसायीले छठसम्म समयसीमा दिन र त्यसपछि विकल्पसहित अतिक्रमण हटाउन आग्रह गरेका थिए ।

जिल्लामा अन्य पालिकाले पनि राजमार्गको अतिक्रमण खाली गर्न धमाधम सूचना जारी गरिरहेका छन् । लालबन्दी नगरपालिकाले एक हप्ताको समयसीमा सोमबारबाट सकिएको र अब मंगलबारदेखि लालबन्दी बजार क्षेत्रमा राजमार्गको ७५ फिट खाली गराउन सुरु गरिने जनाएको छ । यस्तै, हरिपुर नगरपालिकाले पनि नवलपुर–मलङ्गवा सडकअन्तर्गत हरिपुर बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु