रौतहट , २८ भदौ /
रौतहटको चन्द्रपुर नगरपालिका स्थित पुर्व-पश्चिम राजमार्गको अतिक्रमित सडक खाली गराउन सुरु गरिएको छ।
मंगलबारबाट पुर्व-पश्चिम राजमार्गमा २५÷२५ मिटर र जिल्लाको सदरमुकाम गौर चन्द्रनिगाहपुरको बीरेन्द्र राजमार्गमा १५÷१५ मिटरको अतिक्रमित सडक खाली गराउन लागिएको हो ।
चन्द्रपुर नगरपालिकाको पहलमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर, चन्द्रपुर नगरउद्योग बाणिज्य संघले राजमार्ग अतिक्रमित भाग खाली गराउन लागेको हो ।
राजमार्ग किनारमानै राखिएका होडिङ्ग बोर्ड लगायत सडक अतिक्रमण गरेर संचालन गरिएको फुटपाथ पसल, ठेलागाडा हटाउन थालिएको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले नगरको शौन्दर्यता कायम राख्नु सबैको दायित्व रहेको बताउए । अतिक्रमित क्षेत्र खालि गराउन थालिएको अभियानमा चन्द्रपुर नगरपालिका–४ जङ्गलटोल बाट शुरु गरिएको र यस्लाई निरन्तरता दिदै जाने उनले बताए ।
नगरभित्र छाडा छोडिएको चौपाया र सडक कब्जा गरेर ग्यारेज समेत संचालन गर्न नपाईने डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।


