सर्लाही,२९ भदौ //
सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको हरिवन नगरपालिका–८, पूर्व टोल बस्ने ५९ वर्षीया सावित्रा निरौला रहेका छन् ।
मंगलबार दिउँसो पौने ३ बजेतिर श्राद्धका लागि काठको पुरानो घर सफा गर्नेक्रममा करेन्ट लागेको स्थानीयले बताएका छन् ।
निरौलालाई करेन्ट लाग्नासाथ उपचारका लागि नमूना अस्पताल हरिवन ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
निरौलालाई डिसहोमका लागि तानिएको तारबाट करेन्ट प्रवाह भई करेन्ट लागेको जस्तो देखिएको र यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए ।


