रौतहट २३ पुस ।अर्थ न्युज राष्ट्रिय टिभीका रौतहट जिल्ला प्रतिनिधि विकास अग्रवालले राजश्री सेविङस एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड नामक संस्थाको एजेण्टबाट पिडित एक सेवाग्राहीको पीडा बाहिर ल्याउदा संस्थाका प्रबन्धक कृष्ण चन्द्र दहालले पत्रकारलाई कारवाहीको लागी प्रहरीलाई पत्र काटेका छन ।

रकम जम्मा गर्नेलाइ कुनै जानकारी नै नदिई ऋण लिनु, जवाफ माग्दा नदिनु प्रबन्धकको गैर जिम्मेवारी कार्यको बिरुद्ध समाचार लेख्ने पत्रकारलाइ पत्र काटेर धम्क्याउन खोजेको पत्रकार अग्रवालको भनाइ छ ।
यसै बिच प्रेस चौतारी रौतहट शाखाले बिज्ञप्ति निकालेर पत्रकालाइ सहजरुपमा काम गर्ने बातवरण बनाउन सम्बन्धित पक्ष संग आग्रह गरेको छ ।
जिल्ला सदस्य पत्रकार बिकाश अग्रवालले गौर नगरपालिका वडा नं. ३ अवस्थित राजश्री सेविंग्स एण्ड क्रेडिट को- ऑपरेटिभ सोसाइटी लि. शाखा कार्यालय गौरमा सेवाग्राहीले लगाएको तालावन्दी तथा बिगत देखी ठगिदै आएको सेवाग्राहीको कुरालाई उजागार गर्दा उल्टै शाखा प्रवन्धक कृष्णचन्द्र दाहालले जिल्ला प्रहरी कार्यालय रौतहटमा दिएको उजुरीको बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकारले लेखेको समाचार तथा सम्प्रेक्षणको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गर्ने प्रवृत्तिको प्रेस चौतारी रौतहट खेद प्रकट गर्दछ भनिएको छ ।
घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न र सम्प्रेक्षण गर्न पाउने संवैधानिक अधिकारमाथिको हनन भएको रौतहट चौतारीको ठहर छ ।
यस बिषयमा आवश्यक छानबिन गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग प्रेस चौतारी नेपाल रौतहटले माग गरेको छ ।


