Thursday, May 14, 2026

दुर्घटनामा एक जनाको ज्यान गयो

पछिल्लाे समाचार


रौतहट २२ फागुन ।  मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ।
जिल्लाको बौधिमाई नगरपालिका-५ कोपवा मौलापुर सडकखण्डमा प्रदेश २-०३०-१५ प ८५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा यमुनामाई गाउँपालिका-४, सरूअठा बस्ने ५० वर्षीय देवनारायण साहको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका साहको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु