Thursday, May 14, 2026

होली पर्वमा रौतहटमा सुरक्षा व्यवस्था कडा

पछिल्लाे समाचार


रौतहट, २१ फागुन । रौतहटमा प्रहरीले होली पर्व लाई व्यवस्थित र मर्यादित साथै सुरक्षा व्यवस्थालाई कडा बनाएको जनाएको छ ।
होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो ।
होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगरले बताएका छन ।
सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबरजस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।
आवश्यकता अनुसार चेक प्वइन्टहरु थप्दै जाने र उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको एसपी वीर बहादुर बुढा मगरको भनाई छ । जिल्ला भारका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई पनि गस्ती गर्न निर्देशन दिइएको उनले बताए ।
प्रहरीले फागु पूर्णिमाको अवसरमा सभ्य र मर्यादित ढङ्गले सुरक्षित रूपमा घर परिवार, साथीभाइमै होली पर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु