Thursday, May 14, 2026

होली मिलन कार्यक्रममा कुर्सी तोडफोड

पछिल्लाे समाचार


रौतहट, २१ फागुन । रौतहटमा आयोजित होली मिलन तथा सांस्कृतिक कार्यक्रममा कुर्सी तोडफोड भएको छ ।
यमुनामाई गाउँपालिका वडा नं १ जेठरहिया टोलमा आयोजित होली मिलन तथा सांस्कृतिक कार्यक्रममा केही दर्शकहरुले कुर्सी तोडफोड गरेका हुन ।
यमुनामाई गाउँपालिकाका अध्यक्ष शेख मोहम्मद इर्शादको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई प्रमुख अतिथीमा आमन्त्रणा गरेपनि उनी आउन नभ्याएपछि आयोजकले प्रदेश सरकारका पूर्व राज्यमन्त्री योगेन्द्र राय यादवको आग्रहमा अर्थमन्त्री संजय कुमार यादव कार्यक्रममा उपस्थित भएका थिए ।
प्रमुख अतिथी मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले कार्यक्रमको सम्बोधन गर्ने क्रममा दर्शकहरुले कुर्सी तोडफोड गरेका हुन् ।
सो कार्यक्रममा अश्लिल नृत्य प्रदर्शन गरेको भन्दै अश्लिल गीत र अंग प्रदर्शन गर्ने खालका पोसाक लगाएर नृत्य गर्न खोजेको भन्दै केही स्थानीयहरूले नृत्य बन्द गर्न होहल्ला गरेका थिए ।


अश्लिल गीत र अंग प्रदर्शन गर्ने खालका पोसाक लगाएर नृत्य गर्न खोजेको भन्दै केही स्थानीयहरूले कार्यक्रम बन्द गर्न हो हल्ला गर्दै कुर्सी तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


कार्यक्रममा लाठी चार्जकाे क्रममा केही दर्शक सामान्य घाइते भएको र कुर्सी तोडफोड गर्ने केहिलाइ प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
रौतहट जिल्लाका सामाजिक अभियानता निलु झा लगायतको समुहले जिल्लामा अश्लील भोजपुरी गीत, अंग प्रदर्शन गर्ने खालको पोशाक लगाएर अश्लिलता फैलाउने कार्य बन्द गर्न जिल्ला प्रशासन कार्यालय गौर, रौतहट र मुख्यमन्त्री कार्यालय जनकपुर सम्म ज्ञापनपत्र बुझाएको थिइन ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सुचना जारी गर्दै ठूलो साउण्डमा डिजे बाजा र अश्लील गीत बन्द गर्न फाल्गुन १९ गते सार्वजनिक सुचना जारी गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु