Thursday, May 14, 2026

रिटर्नी फेडेरेशन नेपालको रौतहटका विभिन्न पालिकामा कमिटी गठन

पछिल्लाे समाचार


रौतहट २० फागुन । रिटर्नी फेडेरेशन नेपालको रौतहट जिल्लाको चन्द्रपुर, फतुवा विजयपुर र गुजरामा पालिका स्तरिय कमिटीहरु गठन भएको छ ।
नेकपा एमालेको जनसंगठन फेडेरेशनले आज शनिवार देशैभरि एकै साथ घोषित पालिका अधिवेशन अनुसार यो कमिटीहरु गठन भएको हो ।
चन्द्रपुर नगरपालिकामा टिका भुजेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ । कमिटीका उपाध्यक्ष जित ब.बम्जन, सचिव तेज बहादुर भोलन, सह सचिव राजु पराजुली , कोषाध्यक्ष जंग बहादुर राना लगायत रहेका छन ।
चन्द्रपुर स्थित पार्टी कार्यलयमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य‌‌ तथा प्रदेश सांसद मन्जु थापा मगर
,नगर कमिटी सदस्य तथा चन्द्रपुर वडा नं.४ का वडाध्यक्ष रवि राना मगर लगायत विभिन्न नेता कार्यकर्ताको समेत उपस्थिती रहेको थियो ।
यसैगरि गुजरा नगरिपालिकामा निरञ्जन पुरीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ ।
समितिका उपाध्यक्ष नवराज रेग्मी, सचिव दयानन्द चौधरी, सह सचिव रामानन्द जैयसवाल , कोषाध्यक्ष सिवराम पराजुली लगायत रहेका छन ।
फेडेरेशनको स्थायी कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज खेम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले नगर कमिटीसदस्य तथा युवा संघका केन्द्रीय सदस्य तुला बहादुर प्रधान (ईश्वर),प्रेस चौंतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमिल्सिना लगायतको आथित्यमा कार्यक्रम भएको हो ।
फतुवा विजयपुर नगरपालिकामा ब्रम्ह देव महत्तोको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन भएको फेडेरेशनका मधेश प्रदेश उपाध्यक्ष भुवानी प्रसाद तिमिल्सीनाले जानकारी दिएका छन ।
फेडेरेसनले देशैभरी एकै साथ फागुन २७ मा गर्ने जिल्ला अधिवेशन रौतहटको चन्द्रपुरमा हुने आयोजक कमिटी सदस्य खेम कार्कीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु