रौतहट १७ चैत । अपाङ्गता भएका ब्यक्तिहरु को सुबिधाको लागि गरुडामा नगरपालिकाले भवन बनाउने भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको हक-हित र सेवा सुविधालाई मध्यनजर गर्दै गरुडा नगरपालिका-८ का श्रीचन प्रसाद साहले १ कठ्ठा जमिनमा भवन निर्माण गर्न दान दिएका छन ।
२० लाख रुपैया नगरपालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता मेयर जयसवालको छ ।
आउने दिनमा अपाङ्ग,असहाय तथा अशक्त नागरीकको गाँस, बाँस तथा सुरक्षाको प्रत्याभुति दिलाउन नगरपालिका सदैव तयार रहेको उनको भनाइ छ ।


