Wednesday, May 13, 2026

दुर्घटनामा एकजनाको मृत्यू, एक जना घाइते

पछिल्लाे समाचार


रौतहट,१७ चैत । गएराती रौतहटमा मोटर साईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर स्थित चाँदी पुलमा पश्चिमबाट पुर्व जादै गरेको प्रदेश २ –२–००४३०४७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० बर्षकी राजकुमारी चौधरीको घटना स्थालमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक धनुषाको औरही ४ का ४५ बर्षका अरुण कुमार मण्डल गम्भिर घाईते भएकाछन् । उनलाई थप उपचारका लागी  वीरगंज पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोईरालाले जानकारी दिए ।
दुर्घटनाको अनुसन्धान भईरहेको डिएसपी कोईरालाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु