Wednesday, May 13, 2026

चन्द्रपुरमा राजमार्गमै विभिन्न व्यापार , दुर्घटनाको जोखिम

पछिल्लाे समाचार


चन्द्रपुर १७ चैत । चन्द्रपुरको चोक वरपर फुटपाथमा व्यापार गर्ने व्यापारी र ठेला व्यापारीको कारण सवारी दुर्घटनाको खतरा बढेको छ ।
राजमार्गको सवारी आवागमन हुने ठाँउ सम्मै ठेला व्यापारीले ठेला राख्ने गरेका छन । पैदल यात्रुलाई आवत जावतमा समेत फुटपाथमा व्यापार गर्नेका कारण समस्या भएको छ । यस बिषयमा चन्द्रपुर नगरपालिकाले कुनै चासो नदिएको स्थानीय सटरमा व्यापार गर्ने व्यापारीहरुको गुनासो छ ।
नगरपालिकाले बेला बेलामा फुटपाथ व्यापार हटाउने भन्दै अभियान चलाउने र केहिदिन पछि उस्तैको उस्तै हुने क्रम दर्जनौ पटक भैसकेको छ ।
फुटपाथ ब्यवस्थित गर्न ट्राफिक प्रहरी र नगरपालिकाले चासो देखाउनुपर्ने स्थानियको सुझाव छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु