Thursday, May 14, 2026

बेलायती अनुसन्धानकर्ता विकासको मोडल अध्ययन गर्न मौलापुरमा

पछिल्लाे समाचार


रौतहट १७ फागुन ।बेलायती अनुसन्धानकर्ता प्राध्यापकहरु रौतहटको मौलापुर नगरपालिका आएका छन् ।
मौलापुर नगरपालिकामा भएको विकासको नमूनालाई अध्ययन एवम् अनुसन्धान गर्न बेलायतबाट मौलापुर आएका हुन। सोर्स विश्वविद्यालय बेलायतका प्राध्यापक मुस्तिक्यु खन र डाक्टर प्यालेभी रायसहितको टोली मौलापुरमा आएको हो ।
सो अनुसन्धान टोलीले मौलापुर नगरपालिका र आसपासमा भएको विभिन्न बस्तिहरुमा बिकास पूर्वाधार एवम् सम्पदाहरुको विकासको गति र आधारहरुका बारेमा अवलोकन गरेका छन ।
चर्चा सगै अध्ययनको बिषय बनेको मौलापुरमा यसरी विदेशी पाहुनाहरु  आउनु मौलापुर नगपालिकाको ठुलो सफलता भएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहको भनाइ छ ।
बेलायती अनुसन्धानकर्ता प्राध्यापकहरुलाई पुर्व प्रदेश सांसद आम जनता पार्टीका अध्यक्ष कुन्दन कुश्वाहले स्थानीय विकासका बारेमा जानकारी गराएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु