रौतहट २३ फागुन । राजदेवि नगरपालिका वडा न-४ बसतपुर को एक घरमा आगलागी हुदा एक बालकको जलेर मृत्यू भएको छ ।
स्थानिय भिखर राउतको घर मा बेलुका आगो लाग्दा घर मा सुतिरहेका ४ महिना काे बालकको जलेर ज्यान गएको छ आगलागीमा कपडा, खाने कुरा समेत जलेर नष्ट भएको स्थानियले बताएका छन ।
आगलागीको सूचना पाए लगत्तै गौर नगरपालिकाको दमकल घटना स्थल मा पुगि आगो नियन्त्रणमा लिएको थियो ।


