Wednesday, May 13, 2026

नैतिक र संस्कृत शिक्षा अनिवार्य गरियोस् : सांसद साह

पछिल्लाे समाचार



रौतहट १९ चैत । रौतहट क्षेत्र २ का सासद किरण कुमार साहले नैतिक र संस्कृत शिक्षा अनिवार्य गर्न माग गर्दै आएका छन ।
सासदको सपथ संस्कृतमा लिएर चर्चामा आएका किरण साहले यस बिषयमा बिभिन्न फोरममा कुरा उठाउदै आएकाछन् । स्वतन्त्र बाट जितेर एमालेमा प्रबेश गरेका सासद किरणकुमार साहले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा संस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा बोल्दै साहले नयाँ पिढीले पश्चिमी देशहरूको संस्कृतिको नक्कल गरेको र मौलिक संस्कार बिर्सदै गएको बताए ।
सांसद साहले भने , ‘पहिला हाम्रो शिक्षा प्रणालीमा संस्कृत र नैतिक शिक्षा लागू थियो। त्यसले हाम्रो, संस्कार, संस्कृति एवं मूल्यमान्यताको संरक्षणमा सघाउ पुयाएको थियो।”
संस्कार, संस्कृति र भेषभूषालाई जोगाइराख्न २०८० को पाठ्यक्रममा संस्कृत र नैतिक शिक्षालाई अनिवार्य रूपमा लागू गर्न म जोडदार माग गर्दछु ।’ सासद साहले भने ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु