रौतहट २४ बैसाख / स्थानिय तहको निर्वाचन नजिकदै गर्दा रौतहटको राजपुर नगरपालिकामा जनताको घरदैलोमा पुगेका धेरै उम्मेदवारहरुले मतदातालाइ आश्वस्त पार्न खोजेपनि जनताहरुले पत्याउन छाडेका छन ।
विभिन्न झुठा आस्वासन बाडेर पटक पटक विभिन्न तहको निर्वाचनमा जनताको मत लिई जनताको चाहना अनुरुप विकासका काम नगरेका उम्मेदवारले अहिले जनताको जिज्ञासाको जवाफ दिन सकेका छैनन ।
गएको निर्वाचनबाट राजपुर नगरपालिकामा स्थानिय सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका जनप्रतिनिधिले सन्तोषजनक काम नरेको भन्दै राजपुर नगरपालिका का मतदाताहरु रुष्ट देखिएका छन् ।
धेरैजसो स्थानियहरुका अनुसार विगत २० वर्ष पुरानो राजपुर र अहिलेको राजपुरमा खासै कुनै फरक छैन ।
नेतृत्व परिर्वतनले मात्रै राजपुर नगरपालिकाको विकास सम्भव रहकाे स्थानियहरुले प्रतिक्रिया दिएका छन् ।
पटक पटक राजपुरका जनताले नेपाली कांग्रेसका उम्मेदवार लाई मत दिएपनि बिकास नदिएको गुनासो छ ।
यसपटक परिर्वतन र बिकासको पक्षमा लागेका राम्रो उम्मेदवारलाई विजय बनाउने स्थानिय युवा बदरुदिन अंसारीले बताएका छन ।


