Thursday, May 14, 2026

रौतहटमा पाटेबाघ मारेर लुकाएपछी खोजी गर्दै बन कर्मचारी

पछिल्लाे समाचार



रौतहट १७ फागुन । रौतहटको  वनमा  पाटे बाघ शिकारीले मारेर लुकाएको खवरपछि बन कार्यालयले मारीएको बाघ खोजी गरिरहेको छ ।
दुर्लभ एबम् संरक्षित वन्यजन्तु  पाटे बाघ केही दिन अघि रौतहटको जंगलमा शिकारीले मारेको बताइएको छ ।
बँदेल,हरिण,मृग जस्ता जंगलि जनाबर शिकार गर्ने शिकारीले  दुर्लभ प्रजातिको पाटे बाघ मारेको बताइन्छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित रहेको राजपेडा गाउँको पूर्वतर्फ  रहेको रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको जंगलमा जंगली जनावर मार्न शिकारीले थापेको जालमा बाघ परेपछि शिकारीले घरेलु हतियार लाठी, भाला, बन्चरोले हिर्काएर  बाघलाई मारेका हुन ।
जाल मा परेको  बाघलाई मार्न खोज्दा केही शिकारी लाई  बाघले आक्रमण  गरेर घाइते बनाएको र एकजना शिकारी गम्भीर घाइते भएको स्थानियको भनाइ छ ।
बाघको आक्रमणबाट गम्भीर घाइते हुनेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बेतौना घर भएका भुवन माझी रहेका छन् ।बाघले आक्रमण गरेको भन्दा आफू लगायत घटनामा संलग्नहरु समेत लाई कार्वाहि हुने डरले रुखबाट लडेको भनी बिहीबार साँझ अस्पताल पुगेका उनको तिघ्रा भाचिएको भन्दै  एम्बुलेन्समा वीरगन्ज स्थित नारायणी उप क्षेत्रीय अस्पतालमा लगेर घाइते माझीको उपचार भइरहेको बताइएको छ ।
शिकारीले घटना लुकाउन जंगलमै खाल्टो खनेर मृत बाघलाई  पुरेको बताइएको छ ।
जंगलमा चोरी,तस्करी, सिकारी भन्ने नौलो घटना होइन तर दुर्लभ प्रजातिको बाघ सिकारीले मारेको घटना भने पहिलो पटक सुनेको स्थानीयहरु बताउँछन् ।
डिभिजन बन रौतहटका प्रमुख सहितको टोलीले सम्भावित स्थानमा खोजी गरेपनि   मारेर लुकाएको बाघ फेला परेको छैन ।
फाइल फोटो : रौतहटको बनमा भेटीएको बांघ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु